रौतहट २० मंसिर । रौतहटको चन्द्रनिगाहपुरमा जनप्रतिनिधि संग जनता कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थीक सहयोगमा ग्रामीण विकास केन्द्र नेपाल रौतहट र अक्साफम ईन नेपालको सहकार्यमा चन्द्रपुर नगरपालिकाकाका जनप्रतिनिधि र समुदाय बीच जलबायु उत्थानशील कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा चन्द्रपुर नगरपालिकाका प्रमुख संजय कुमार काफले, उपप्रमुख जयमाला चौधरी, ३ नम्बरका वडाअध्यक्ष बोधनाथ देबकोटा, ४ नम्बरका कार्यबाहक अध्यक्ष प्रेम कुमार तिमल्सिना, ५ नम्बरका अध्यक्ष नीलहरी कोईराला, ६ नम्बरका अध्यक्ष सहदेब केसी, ७ नम्बर वडाअध्यक्ष बिष्णु उप्रेती, ९ नम्बरका अध्यक्ष नबरबाज देबकोटा, १० नम्बर वडाअध्यक्ष टंकेश्वर चौधरीको उपश्थिती रहेको थियो । चन्द्रपुर नगरपालिका प्रमुख काफले लाई सहभागिहरुले बिपद ब्यबस्थापन तथा जलबायु उत्थानशीलका बिषयमा जिज्ञाशा राखेको परियोजना संयोजक कन्चन साहले बताउनु भयो । सहभागि र जनप्रतिनिधि बीच भएको सो कार्यक्रमको सहजकर्ता संचारकर्मी संजय कार्कीले गर्नु भएको थियो । सो कार्यक्रममा उहा लाई नगरपालिकाले आगामी आर्थीक बर्षको नीति र कार्यक्रममा बिपद ब्यबस्थापन तथा जलबायु उत्थानशील योजना समेटर न्युनिकरण गर्ने उपायको बारेमा जिज्ञासा सहभागिले राखेका थिए ।
आवरण जनता संग जनप्रतिनिधि कार्यक्रम