रौतहट,१४ पुष: रौतहटको चन्द्रपुर नगरपालिकामा ऐलानी जग्गा नापजाँच सुरु गरिएको छ। चन्द्रपुर नगरपालिकाको वडा नंं. ३ गैडाटारबाट बुधबारदेखि ऐलानी जग्गा नापजाँच सुरु गरेको हो।
सो कार्यको शुभारम्भ गर्नुहुदै प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमल्सिनाले नागरिक भुमिहिन हुन नदिन कार्य प्रारम्भ भएको बताउनु भयो ।संबिधानमा मौलिक हक अन्तर्गत भुमिहनि नागरिक लाई लालपुर्जा बितरण गर्नुका साथै शिक्षा, स्वास्थ्य जस्ता आधारभुत आवश्यक्ता सरकारले पुरा गर्नु पर्ने बताउनु भयो ।
सोही कार्यक्रममा प्रदेश सभा सदस्य युबराज भट्टराईले नागरिकको जीबनयापनको लागि भुमिहिन र सुकुम्बासी लाई जग्गाधनी प्रमाणपुर्जा बितरण कार्यहुनु सराहनीय रहेको बताउनु भयो ।नापजाँच कार्यक्रममा सासद भट्टराईले नापी कार्यलाई तीव्र अघि बढाउँदै वर्षौँदेखि जमिनको स्वामित्वबाट वञ्चित रहेकालाई जमिन दिनुपर्ने बताए। भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोवासीलाई जमिनको मालिक बनाउन जग्गा नापजाँच सुरु गरेकोको चन्द्रपुर नगरपालिकाको वडा नंं. ३ का अध्यक्ष बोधनाथ देवकोटाले जानकारी दिए । वडा नम्बर ३ गैडाटारबाट नापजाँच सुरु गरिएको हो। अध्यक्ष बोधनाथ देवकोटाले उक्त योजनासँगै एक हजार बढी घरपरिवार जमिनको मालिक बन्ने भएका छन्। वडा नं ३ मा यसअघि भूमिहीन दलित १७ ,भूमिहीन सुकुमबासी दृई सय ४३ र अव्यवस्थित बसोवासी ७ सय १७ जनाले छुट्टाछुट्टै फारम परेका छन्।
नापजाँच कार्यक्रममा राष्ट्रिय भूमि आयोग रौतहटका संयोजक लक्ष्मण रेग्मीले आयोग लाई दिएको अधिकार बमोजिम कार्य गरिने बताउनु भयो । उहाले भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास भन्दा बाहिर गएर पुर्जा वितरणको त्रुटिपूर्ण काम आयोगबाट नहुने बताएका छन् ।
आवरण चन्द्रपुर-३ मा ऐलानी जग्गा नापजाँच सुरु