गौर:कोरोनाको कारण बन्द रहेको गौर–बैरगनियाबाट टेम्पु सञ्चालनमा आएको छ। नेपालको गौरबाट भारतको बैरगनियासम्म चल्ने तीनपांग्रे अटोरिक्सा र टेम्पु आइतबारदेखि सञ्चालनमा आएको छ।भारतीय नम्बरका अटोरिक्सा सञ्चालनमा ल्याउन दुवै देशका अधिकारीहरूको सहमति भएको थियो। दुवै देशको सीमा क्षेत्रमा चल्ने तीनपांग्रे अटोरिक्सा र टेम्पुहरूलाई व्यवस्थित गर्न भएको सम्झौतापछि आइतबारदेखि सञ्चालनमा आएका हो।भारतीय नम्बरका अटो रिक्साहरू यो सहमतिपछि निर्वाध रूपमा गौरसम्म आउने छन्।
भारतीय नम्बरका अटोरिक्सा जिल्ला प्रहरी कार्यालय गौरको पूर्वतर्फ रहेको ब्यारेक फिल्डमा पार्किङ गर्ने तथा नेपाली अटोरिक्साहरू बैरगनिया रेल्वे स्टेशनमा पार्किङ गर्ने सहमति भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

अघिल्लो सामग्रीगुजरामा मेयर चौधरीद्वारा भवनको शिलान्यास
यसपछिको सामग्रीचन्द्रपुरमा कमेडि (शोे),मज्जाले हास्यो चन्द्रपुर (फोटोहरु हेर्नुहोस्)