चन्द्रपुर–नेपाली कांग्रेस चन्द्रपुर नगरपालिका वडा नम्बर ५ का वडा सभापति कल्याण कार्की कार्वाहीमा परेका छन् ।
हालै सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा (२०७९) को निर्वाचनमा अनाधिकृत गतिविधि एवं नेपाली काग्रेंस पार्टि प्रति बफादार नभएर अन्य दलहरु संग साठगाठमा संलग्न भएको भन्दै चन्द्रपुर नगरपालिका वडा नम्बर ५ का वडा सभापति कल्याण कार्कीलाई कार्वाही गरीएको नेपाली कांग्रेस चन्द्रपुर नगरका सचिव गणेश चौलागाईले जानकारी दिएका छन् । सभापति रहेका कार्कीलाई कार्वाहि गरी उपसभापति बिष्णु बहादुर थापालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिईएको छ । नेपाली कांग्रेस चन्द्रपुर नगरपालिका समितिको २०७९ पौष ६ गते बसेको बैठकको निर्णयले सभापति रहेका कार्कीलाई कार्वाही गरी उपसभापति थापालाई कार्यवाहक सभापतिमा न्युक्त गरिएको हो ।नव न्युक्त कार्यवाहक सभापति थापालाई पार्टिप्रति आफ्नो जिम्मेवारी ईमान्दारीपुर्वक गरी पार्टिको गतिबिधिलाई सक्रियरुपमा संञ्चालन गर्न चन्द्रपुर नगरका नगर सभापति मुकेश गिरीले अनुरोध गरेका छन् ।
आवरण कांग्रेसका वडा सभापति कार्की परे कर्वाहीमा,उपसभापति थापालाई कार्यबाहक