१४ वर्ष अघि भएको मुम्बई हमलाको विरोध गर्दै राष्ट्रिय एकता अभियानले शनिवार काठमाण्डु स्थित पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरेका छन् ।
अभियानका अध्यक्ष विनय यादवको अगुवाइमा भएको प्रदर्शनमा मुम्वईमा भएको आतंकवादी आक्रमण विरोध गरिएको छ । प्रदर्शनमा ‘जिहादको नाममा हिन्दूलाई मार्ने कार्य बन्द गर, आतंकवादलाई प्रश्रय दिने मुलुक अपराधि हो, विश्व शान्तिको शत्रु पाकिस्तान–होसियार, आतंकी परिचालन बन्द गर, आतंकी अखाडा बन्द गर पाकिस्तान, मानवअधिकारको उल्लंघन बन्द गर, कट्टरपन्थी पाल्ने देश मुर्दावाद, विश्वमा शान्ति कायम गर, विश्वभरका हिन्दू एक हौ’ लगायतका नारा लगाइएको थियो।
नोभेम्बर २६, २००८ मा लश्कर– ए–तैयबाका दश प्रशिक्षित र भारी सशस्त्र लडाकूहरूले मुम्बईका धेरै ठाउँहरू र प्रतिष्ठित भवनहरूमा आक्रमण गरेका थिए । चार दिनसम्मसम्म चलेको हमलामा १६० जनाभन्दा बढी मानिस मारिएका थिए । आक्रमणकारीले मुम्बईका दुई पाँचतारे होटल, अस्पताल, रेलवे स्टेशन र यहुदी केन्द्रलाई निशाना बनाएका थिए। मुम्बई प्रहरी र अनुसन्धान अधिकारीहरूका अनुसार आक्रमणकारीहरू दुई समूहमा विभाजित थिए।

अघिल्लो सामग्रीरामेछापमा कांग्रेसका तामाङ निर्वाचित
यसपछिको सामग्रीसिरहा बन्यो कांग्रेसमुक्त जिल्ला