रौतहट: रौतहट क्षेत्र न ४ गठबन्धनका साझा उम्मेदवार को पक्षमा जनलहर देखिएको छ।क्षेत्र ४ बाट प्रतिनिधि सभा का उम्मेदवार देव प्रसाद तिमल्सिना र प्रदेश सभा सदस्य उम्मेदवार युवराज भट्टराई(समिर) को पक्ष मा जनलहर देखिएको छ। बिहिवार बृन्दावन नगरपालिका वडा न ३ स्थित बिश्रामपुरमा भएको घर दैलो तथा प्रचार प्रसार कार्यक्रममा गठबन्धन को उम्मेदवार हरुको पक्षमा जनलहर देखिएको छ। उम्मेदवारद्वय तिमल्सिना र भट्टाराई मत माग्दै बिश्रामपुर पुगेका हुन। बिश्रामपुरका जनताले उत्साह हुदै दुबै उम्मेदवारहरुलाई आर्शिवाद सहित बिजयीको शुभकामना दिएका छन् । दुबै उम्मेदवारहरुले जनताको समस्या बारेमा पनि बुझदै हिडेका छन् ।
निर्वाचन आचारसंहिताअनुसार बिहीबारदेखि मंसिर १ सम्म आमसभा, जुलुस र कोणसभा गर्न पाउने भएपछि घर दैलो र चुनावी प्रचार प्रसारलाई तिब्रता दिएको चेत बोलखेले बताए ।

अघिल्लो सामग्रीरौतहटमा तातिदै चुनाव आश्वासन बाटदै उम्मेदवार
यसपछिको सामग्रीमतदाताको उत्साह नै मेरो जितको आधार हो:स्वतन्त्र उम्मेदवार रवि जयसवाल