रौतहट, ९ मंसिर । रौतहट निर्वाचन क्षेत्र नम्वर ४ मा इतिहास रच्दै वामलोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार देवप्रसाद तिमलसिना लगातार दोश्रो पटक प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका छन् ।
रौतहट निर्वाचन क्षेत्र नम्बर ४ बाट बामगठबन्धनका साझा उम्मेदवार बनेका तिमलसिना आफ्नो निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारलाई ७ हजार ५ सय ५५ मतको फराकिलो अन्तरबाट पराजित गर्दै दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
सुरु देखीनै अग्रता लिएका तिमलसिनाले ३४ हजार १ सय ५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमाले र जसपाका साझा उम्मेदवार उद्धव रेग्मीले २६ हजार ६ सय ५० मत मात्रै ल्याउन सके । दोस्रो कार्यकालका लागि निर्वाचित भएका देव प्रसाद तिमल्सिनाले रौतहट ४ मा नयाँ इतिहास पनि रचेका छन् । यस क्षेत्रमा २०४८ सालपछि दोहोरिएर निर्वाचित हुने उनि पहिलो सांसद बनेका छन् ।
क्षेत्र न ४ मा २०४८ मा एमालेबाट डा. बंशिधर मिश्र, २०५१ नेपाली काँग्रेसबाट उद्धव ढकाल, २०५६ मा एमाले बाट माधवकुमार नेपाल, २०५६ सालको उपनिर्वाचनमा कांग्रेसका प्रकाश कोइराला निर्वाचित भएका थिए । यस्तै २०६४ को चुनाबमा माओबादीका देवेन्द्र पटेल, २०७० मा एमालेका रामकुमार भट्टराईले जितेका थिए ।
तिमल्सिना यसअघि २०७४ को निर्वाचनमा नेपाली कांग्रेसबाटै निर्वाचित भएका थिए । त्यसबेला उनले नेकपा एमालेका वंशिधर मिश्रालाई ५ हजार २ सय २२ मतको अन्तरले पराजित गरेका थिए । मिश्राले २३ हजार ६ मत ल्याउँदा तिमल्सिना २८ हजार २ सय २८ मत ल्याएर निर्वाचित भएका थिए ।
दोस्रोपटक जितेका उनले सम्पूर्ण मतदातालाई धन्यवाद दिदै भने ‘यो जित गठबन्धनको जित नभई, सारा विकाशप्रेमी जनताको जित हो, यस क्षेत्रको समृद्धि, विकास र सुशासनका लागि एक सच्च सिपाही झै सधै खटिरहने प्रतिबद्धता जनाए ।

अघिल्लो सामग्रीरौतहट- ४ ‘क’मा माओवादी केन्द्रका भट्टराई निर्वाचित
यसपछिको सामग्रीराजेन्द्र महतोलाई हराउँदै महिन्द्र तेस्रोपटक विजयी