रौतहट: रौतहटको निर्वाचन क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार देव प्रसाद तिमल्सिना ले अग्रता लिएका छन् ।
साँझ ६ बजेसम्म दुई हजार ५०० मत मतगणनाको परिणाम अनुसार सत्ता गठबन्धनका तिमल्सिनाले १२ सय ८९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार उद्धव रेग्मीले १२ सय ११ मत ल्याएका छन् ।