चन्द्र्पुर:रौतहट ट्राफिक प्रहरीको लापरबाही को कारण दुर्घटनामा वृद्धि भएको छ। पुर्व पच्छिम राजमार्गमा राजश्व संकलनगर्न मात्र ट्राफिक प्रहरी को ध्यान केन्द्रित हुदा दुर्घटना निउनिकरणमा कसैको ध्यान जान सकेको छैन । यो समाचर लेख्दा सम्म जिल्लाको चन्द्रपुर एरिमा मात्र फरक-फरक ठाउमा दुर्घटना हुदा पनि ट्राफिक प्रहरी कानमा तेल हालेर बसेको एक सर्व साधारणले बताए।
यति बेला दुर्घटना भएर चन्द्रपुर हस्पिटल मा घाइते हरु उपचार गराईरहेका छन ।घटना स्थल र हस्पिटल मा समेत ट्राफिक प्रहरी नपुग्नु ले रौतहट ट्राफिक प्रहरी को चर्को आलोचना हुन लागेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यलय रौतहट को राज्श्व संकलन गर्न मात्र ध्यान केन्द्रित भएको र दुर्घटना निउनिकरणमा कुनै चासो नदिएको स्थानीयले आरोप लगाए।
आवरण रौतहट ट्राफिक प्रहरीको लापरबाही को कारण दुर्घटना बढ्दो