चन्द्रपुर,२२ असोज
राम कुमार कोइराला स्मृति प्रतिष्ठानको पाँचौ साधारण सभा सम्पन्न भएको छ। मंगलवार चन्द्रपुर ७ स्थित एक सभाहलमा चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफ्ले को प्रमुख आतिथ्य र बिशिस्ट अतिथि चन्द्रपुर नगरपालिका वडा न ७ का अध्यक्ष बिष्णु प्रसाद उप्रेतिको आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो । कार्यक्रम लाई सम्बोधन गर्दैै प्रमुख अतिथि संजय काफ्लेले राम कुमार कोइराला स्मृति प्रतिष्ठानले समाजमा पुर्याएको योगदान उल्लेखनिय रहेको बताए । प्रतिष्ठानले स्वास्थय,शिक्षा र खेलकुद क्षेत्रमा गरेको योगदानको खुलेर प्रशसन्सा गर्दै आगामी दिनमा गरीने सामाजीक कार्यमा हौसला बढाउन नगरपालिकाले कुनै कसर बाकी नराख्ने जिकिर गरे ।

राम कुमार कोइराला स्मृति प्रतिष्ठानको ५ औ साधारण सभाले १,५७,०००(एक लाख सन्ताउन हजार) को शैक्षिक आक्षय कोष संचालन गर्ने निर्णय गरेको छ । कोष संगै स्वास्थ्य सिविर संचालन गर्ने, स्मारीका प्रकाशन गर्ने,युवा खेलकुदमा बिशेष सहयोग गर्ने संस्थाको कार्यलय र पुस्तकालय संचालन गर्ने निर्णय गरेको संस्थाका सदस्य प्रमोद कोईरालाले जानकारी दिए ।
यस्तै सभाका बिशिष्ट अतिथि वडा अध्यक्ष बिष्णु प्रसाद उपे्रतिले कार्यक्रमको सफलताको कामना गर्दै १,५७,०००(एक लाख सन्ताउन हजार) को शैक्षिक आक्षय कोष संचालन गर्ने निर्णय गरेकोमा संस्थालाई धन्यवाद दिए । साधारण सभामा नेपाली कांगे्रस वार्ड नं. ७ का सभापति महानन्द राय यादव,वाई सि एल वडा अध्यक्ष राजु फनैत,संस्थाकी उपाध्यक्ष देवकी नेपाल, उद्धव खनाल,देवराज अधिकारी,दिनेश खनाल लागएतले शुभकामना मन्तव्य राखेका थिए भने भद्रभलादमी सहित संस्थाका शुभचिन्तकहरुको बाक्लो उपस्थित रहेको थियो । कार्यक्रमको सभापतित्व सस्थाका अध्यक्ष विनोद चन्द्र कोईराला र संचालन सचिव सुवास कोईरालाले गरेको थिए ।

अघिल्लो सामग्रीमुटु दिवसको अवसरमा चन्द्रपुरमा खुल्ला दौड प्रतियोगिता
यसपछिको सामग्रीरुपन्देही १ बाट स्वतन्‍त्र उम्मेदवारी दिने घनश्याम भूसालको तयारी