चन्द्रपुर:प्रतिनिधिसभा र प्रदेश सभाको चुनाबी अभियानमा बाम लोकतान्त्रिक गठबन्धन सक्रिय भएर लागेको छ ।यतिबेला उम्मेदवारहरुलाई घरदैले गरेर भ्याईनभ्याई छ । रौतहट क्षेत्र नम्बर ४ ले आज बिहिवार कार्यकर्ता भेटघाट कार्यक्रम सङै चन्द्रपुर वार्ड नं २ र ४ मा वडा स्तरीय चुनाव प्रचार प्रसार कार्यालय स्थापना गरेको छ । चन्द्रपुर २ स्थित टेम्पो पार्क र चन्द्रपुर ४ को भगवति मार्केटमा वडा स्तरीय चुनाव प्रचार प्रसार कार्यालय स्थापना गरेको हो ।
कार्यालयको प्रतिनिधीसभाका उम्मेद्वार देब प्रसाद तिमल्सेना र प्रदेश सभा “क” का उम्मेदवार युवराज भट्टराई “समीर”ले संयुक्त रुपमा उद्घाटन गरेका छन । गठबन्दनले १० वटै वडामा चुनाब प्रचार प्रसारका लागि कार्यालय खोल्ने चुनाब प्रचार प्रसार समितीका संयोजक सुमन गौतमले जानकारी दिए ।