चन्द्रपुर,३१ असोज ÷ पाच दलिय गठबन्धन अन्तर्गत रौतहटको क्षेत्र नं. ४ क मा गठबन्धनको संयुक्त चुनाव प्रचार प्रसार समितिको कार्यालय उदघाटन गरिएको छ । कार्यालयका गठबन्धनका क्षेत्र नं. ४ का नेपाली काग्रेसका उम्मेदवार देव प्रसाद तिमल्सिना तथा क्षेत्र नं. ४ क का नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य उम्मेदवार युवराज भट्टराई(समिर)ले संयुक्त रुपमा मैनवत्ती बालेर गर्नुभयो । सो क्रममा आफ्नो मन्तव्य राख्नुहुदै गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार देव प्रसाद तिमल्सिनाले १२ बर्ष जनयुद्धमा लागेको माओवादीलाई राजनीति मुलधारमा ल्याउने काग्रेसले अव देशलाई समृद्ध बनाउन तथा संविधानको रक्षाका लागि पनि माओवादी लगायतका दलहरुसंग गठबन्धन गरेको प्रष्ट पार्नुभयो ।
उहाले विगतका दिनमा संसद विघटन गर्ने देखि लिएर अन्य मुद्दामा एमालेको नांगो नाचबाट आजित भएका जनताले यस पटक गठबन्धनका उम्मेदवारलाई विजय बनाएर उनीहरुले गरेको गलत कामको परिणाम दिने बताउनुभयो । उम्मेदवार तिमिल्सनाले १२ बर्षसम्म जनयुद्धमा रहेको माओवादी पार्टीलाई राजनीतिको मुलधारमा ल्याउन सक्ने काग्रेसले अव देशको नेतृत्व गर्ने र त्यसका लागि माओवादी केन्द्र लगायतका दलसंगको पवित्र गठबन्धनले अझ विकासको मुल फुटाएर नेपाली जनतालाई समृद्ध बनाउने बताउनुभयो । आफ्नो क्षेत्रका हरेक जनताको घर दैलोमा पुगेर सुखदुःख साट्ने गरेकै कारण आज जनताको अपार माया,स्नेह र सहयोग मिलेकोमा आफुलाई गर्व लागेको बताउनुभयो । अव गठबन्धनको विरुद्धमा कोही कसैले पनि नराम्रो कुरा गर्न नहुने र त्यसबाट प्रतिगमनकारीले फाइदा लिने भएकोले यस पटक सोचेर मात्र मतदान गर्न आग्रह गर्नुभयो । कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुदै नेकपा माओवादी केन्द्रका तर्फबाट रौतहट क्षेत्र नंं ४ क का प्रदेश सभा सदस्य उम्मेदवार युवराज भट्टराई समिरले जनताकै चाहना र देशले मागे अनुसार गठबन्धन भएको बताउनुभयो । उहाले दिगो विकास, समृद्ध चन्द्रपुरका लागि गठबन्धनको विकल्प नरहेको स्पष्ट पार्नुहुदै जनता अव गठबन्धनका उम्मेदवारलाई विजय बनाउनतर्फ लागिसकेको बताउनुभयो । उहाले यस पटकको गठबन्धनको उम्मेदवारलाई विजय बनाए यस क्षेत्रका जनताको शिर सधै उच्च रहने काम गरेर देखाउनेप्रतिबद्धता समेत जाहेर गर्नुभयो ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य ओहिद अन्सारी, चन्द्रपुर नगरपालिकाका मेयर संजय कुमार काफ्ले, उपमेयर जयमाला चौधरी,वृन्दावन नगरपालिकाका नेकपा माओवादी केन्द्रकातर्फबाट मेयर प्रत्यासी रामप्रसाद पटेल, माओवादी केन्द्रका महिला नेतृ देवकी नेपाल, नेपाली काग्रेसका क्षेत्र नं. ४ का क्षेत्रीय सभापति रामस्नेही राय यादव, नेकपा माओवादी केन्द्रका चन्द्रपुर नगर अध्यक्ष टिका बहादुर आचार्य, नेपाली काग्रेसका चन्द्रपुर नगर सभापति मुकेश गिरी,काग्रेसका युवा नेता सुमन गौतम, अधिकार लामिछाने, माओवादी केन्द्रका चेत बोलखे,एकराज थापा लगायतको सयौं नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । नेपाली काग्रेसका क्षेत्र नंं ४ क का सभापति निलहरी कोइरालाको अध्यक्षतामा भएको कार्यक्रम रौतहट क्षेत्र नं. ४ क को चुनाव प्रचार प्रसार समितिका संयोजक मुकेश गुप्ताले संचालन गर्नुभएको थियो ।

अघिल्लो सामग्रीकांग्रेस मधेस प्रदेश प्रचार-प्रसार प्रमुखमा पुनः नितेश गुप्ता
यसपछिको सामग्रीसर्लाहीमा लुटपाट गर्न पुगेका लुटेराद्वारा सहकारी संस्थाका प्रमुखमाथि गोली प्रहार