काठमाडौँ — नेकपा एमाले परित्याग गरेका घनश्याम भूसालले रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् । उनी निकट स्रोतहरूका अनुसार भूसाललाई सो क्षेत्रमा सत्तारुढ पाँच दलीय गठबन्धनले सघाउने छ ।
भूसालले आफ्नो गृह नगर मणिग्राम समेत पर्ने रुपन्देही १ बाट उम्मेदवारको दाबी गर्दै आएका थिए ।भुसालले २०७४ सालको आम निर्वाचनमा पनि रुपन्देही(१ बाट टिकट मागेपनि पार्टी छविलाल विश्वकर्मालाई उम्मेदवार बनाएको थियो । यस पटक पनि एमालेले विश्वकर्मालाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ ।
२०७४ सालमा भुसाललाई एमालेले रुपन्देही(३बाट उम्मेदवार बनाएको थियो । यसपटक भूसालको नाम रुपन्देही १ र रुपन्देही ३ बाट सिफारिस भएको थियो । जिल्ला कमिटी पनि रुपन्देही १ बाट नाम सिफारिस गरेपनि प्रदेश कमिटीले छाविलाल विश्वकर्माको नाम मात्रै सिफारिस गरेको थियो । भुसालको नाम रुपन्देही(३ बाट केन्द्रबाट सिफारिस भएर आएपनि उक्त क्षेत्रमा एमालेले राप्रपासँग तालमेल गर्ने निर्णय गरेपछि दीपक बोहोरालाई छाडिदिएको छ ।
सत्तारुढ गठबन्धनमा रुपन्देही १ नेकपा माओवादी केन्द्रको भागमा परेको छ । स्रोतका अनुसार नेकपा माओवादी केन्द्र भूसाललाई सघाउनेका लागि सकारात्मक रहेको छ । शनिबार बेलुकीसम्ममा भूसालले उम्मेदवारीको औपचारिक घोषणा गर्ने तयारी रहेको उनी निकट स्रोतले जनाएको छ ।
देश रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिने घनश्याम भूसालको तयारी