चन्द्रपुर,२९ असोज नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले रौतहटको क्षेत्र नं. ४ को क निर्वाचन प्रचार प्रसार समितिको आयोजनामा वृहत अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । भेलालाई सम्बोधन गर्नुहुदै पार्टीका पोलिट व्युरो सदस्य,रौतहट जिल्ला इन्चार्ज तथा रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य उम्मेदवार युवराज भट्टराई समिरले आसन्न निर्वाचनमा गठनबन्धनका उम्मेदवारलाई जिताउन अगुवा कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाले बजारिया हल्लाको पछि नलाग्न अगुवा कार्यकर्तालाई निर्देशनात्मक आग्रह गर्नुहुदै अव गठबन्धनका संघीय सांसदमा नेपाली काग्रेसका उम्मेदवार देवप्रसाद तिमल्सिना र प्रदेश क मा माओवादी केन्द्रका उम्मेदवार युवराज भट्टराई समिरको जितका लागि कार्यकर्तालाई सक्रिय भएर खट्न निर्देशन दिनुभयो । अव माओवादी केन्द्रले गरेको राम्रो कामप्रति शशंकित भएका एक तहका राजनीतिक दल आत्तिएर माओवादी केन्द्र सिध्याउन लागेकोप्रति आक्रोश व्यक्तगर्नुहुदै अव माओवादी केन्द्रले जनताकै विचमा रहेर जनताको काम गरेको आधारमा पनि जित सुनिश्चित रहेको बताउनुभयो । गठबन्धनमा कुनै समस्या नरहेको र बजारमा आएको हल्ला एक दुई दिनमा समाधान हुनेप्रति विश्वस्त हुन कार्यकर्तालाई आग्रह गर्नुभयो । नेता भट्टराईले अव गठनबन्धन प्रति कुनै शंका नगरी अगाडि बढेर गठबन्धनका उम्मेदवारलाई अत्याधिक मतका साथ विजय गराउनेतर्फ कार्यकर्तालाई आग्रह निर्देशन समेत दिनुभयो । अव सुतेर बस्ने समय भएको भन्दै नेता भट्टराईले एक महिना गरेको मेहनतको फल मंसिर ४ पछि प्राप्त गर्ने भएकोले त्यसमा सजग र संयमित भएर मतदातामाझ प्रस्तुत हुनुपर्ने बताउनुभयो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य ओहिद अंसारीले माओवादीले ल्याएको आमूल परिवर्तनकै जगमा उभिएर सवैले अधिकार पाएको बताउनुहुदै अव अझ अधिकार जनतामा केन्द्रित गर्ने काम माओवादी केन्द्रमा उम्मेदवार तथा गठबन्धनमा रहेको उम्मेदवारलाई जिताउनुपर्ने बताउनुभयो । उहाले हरेक उपलब्धीको पछाडी माओवादीको प्रमुख हात रहेकोले त्यसबाट जनताले पाएको अधिकार गुम्न नदिन सवैलाई आग्रह गर्नुभयो ।
कार्यक्रम पार्टीका रौतहट जिल्ला संयोजक देवेन्द्र पटेलले माओवादी पार्टीलाई जिताउने जिम्मा हरेक कार्यकर्ताको भएकोले सवैले दत्तचित्त भएर लाग्न आग्रह गर्नुभयो । संयोजक पटेलले पार्टी भित्र रहेको सामान्य मनमुटावलाई चुनावी एजेण्डा बनाउने परम्परालाई तोड्दै माओवादी केन्द्रका उम्मेदवारलाई अत्याधिक मतका साथ विजय गराउन सवैलाई आग्रह गर्नुभयो । कार्यक्रममा लेखा समिति सदस्य एकराज थापाले निर्वाचनमा दोश्रो हुनुको अर्थ नहुने भएकोले प्रथम बनाउने जिम्मामा कार्यकर्ताको भएकोले अव सक्रिय भएर पार्टीलाई जिताउने अभियानमा लाग्न आग्रह गर्नुभयो । कार्यक्रममा पार्टीका चन्द्रपुर नगर अध्यक्ष टिका बहादुर आचार्यले गठबन्धनसंगको सहकार्यमा चुनावमा सोचेको भन्दा राम्रो परिणाम ल्याउनका लागि सवै नेता,कार्यकर्ताहरु इमान्दार भएर लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा महिला नेतृ तथा पार्टीका प्रदेश कमिटी सदस्य देवकी नेपालले यस पटकको निर्वाचनमा माओवादी केन्द्रले चाहेको भन्दा राम्रो परिणाम ल्याउनका लागि सवै कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा पार्टीका विभिन्न बर्गिय संगठनका पदाधिकारी लगायत सयौंको संख्यामा उपस्थिति रहेको थियो । कार्यक्रम पार्टीको चुनावी प्रचार प्रसार समितिका संयोजक मुकेश कुमार गुप्ताको अध्यक्षतामा सम्पन्न भएको थियो ।