काठमाडौं: नेपाली कांग्रेस मधेसले पार्टीका प्रदेश सदस्य नितेश कुमार गुप्तालाई सूचना संचार र प्रचारप्रसार विभाग प्रमुखको पुनः जिम्मेवारी दिएको छ । मधेस प्रदेश समिति कांग्रेसले अपाङ्गता भएको व्यक्तिलाई समानुपातिक बन्दसूचीमा समावेश नगराएकोमा असन्तुष्टि गुप्ताले पदबाट राजीनामा दिएका थिए । प्रदेश सभापति कृष्णप्रसाद यादवले गुप्ताको राजीनामा अस्वीकृत गरेपछि उनी पुनः जिम्मेवारीमा फर्किएका हुन् ।
शुक्रबार कांग्रेस मधेस प्रदेशले गुप्ताको जिम्मेवारी यथावत नै रहेको महामन्त्री वृहस्पतिकृष्ण श्रेष्ठले विज्ञप्तिमार्फत जनाएका छन् । उनले प्रतिनिधि सभा र प्रदेश सभाको उमेदवारलाई विजय गराउन संगठनलाई बलियो बनाउन गुप्तालाई निर्देशन समेत दिएका छन् ।मधेस प्रदेशमा कांग्रेसका गतिविधि विभिन्न माध्यमबाट प्रचारप्रसार हुने गुप्ताले बताए । ुपार्टी बलियो बनाउन मलाई दिएको जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्छु । कांग्रेस पार्टीले निश्चित रूपमा एक दिन मेरो मुल्यांकन गर्ने छ भन्ने विश्वास छ,ु गुप्ताले भने ।

अघिल्लो सामग्रीप्रभु साह, विजय गच्छदारसहित ९ जना उम्मेदवार विरुद्ध परेको रिट खारेज
यसपछिको सामग्रीरौतहट क्षेत्र नं. ४ क मा पाच दलिय गठबन्धनको प्रचार प्रसार समितिको कार्यलय उदघाटन