मंगलबार जनकपुरधाममा भएको प्रतियोगितामा सर्लाहीले पर्साको टिमलाई हराउदै विजयी भएको हो । आठ वटा टिम सहभागी भएको प्रतियोगितामा सर्लाही पहिलो, पर्सा दोस्रो र महोत्तरी तेस्रो भएको राष्ट्रिय तथा धनुषाका प्रशिक्षक भरतप्रसाद यादवले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा उत्कृष्ट भएका खेलाडीहरु नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने छन् । पोखरामा आगामी असोज २८ गतेदेखि कार्तिक ३ गते सम्म प्रतियोगिता हुनेछन् । ‘प्रत्येक टिमबाट उत्कृष्ट खेलाडीहरु छनौट हुन्छ,’उनले भने,‘नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि मधेश प्रदेशबाट महिला र पुरुषको एक÷एक वटा टिम बनाइन्छ ।’ यस्तै, पुरुषतर्फको फाइनल खेल समय अभावका कारण मंगलबार स्थगित भएको छ ।फाइनलमा महोत्तरी र धनुषाबीच प्रतिस्पर्धा भएको थियो । तीन राउण्डको खेलमा महोत्तरी एक अंकले अघि छन् । दुबै टिमबीच कडा प्रतिस्पर्धा भएको थियो । महोत्तरीले २ र धनुषाले १ अंक ल्याउँदा समय अभावका कारण स्थगित गरिएको खेल बुधबार विहानैदेखि हुने जनाइएको छ । आभार जनकपुर टुडे
आवरण सर्लाही टिमलाई भलिवलको उपाधि