काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशरण महतले पार्टीका नेताद्वय विजयकुमार गच्छदार र मोहम्मद अफताव आलमको मुद्दाको फैसला नभएसम्म उमेदवारी सिफारिस रोक्न नसकिने बताएका छन् ।आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले विचाराधीन मुद्दामा निष्कर्ष निकालेर यसै हो भन्न नहुने बताए ।“गच्छदारजीको भ्रष्टाचार होइन, मन्त्रीस्तरको निर्णयबाट होइन, त्यो मन्त्री परिषद्को निर्णय हो । प्रस्ताव उहाँले लगेको हो । माधव नेपाल प्रधानमन्त्री हुनुहुन्थ्यो, क्याबिनेटले निर्णय भएको हो,” उनले भने, “गच्छदारमाथि आरोप लागेको छ । आलमजीको पनि मुद्दा अदालतमा छ । फैसला नहुन्जेल हामीले यसै हो भनेर कार्यकर्तालाई उमेदवारी सिफारिस गर्नबाट रोक्न सकिँदैन । अहिले भएको त्यही हो । विचाराधीन मुद्दामा निष्कर्ष निकालेर यसै हो भन्न हुँदैन ।” उनले सत्ता गठबन्धनभित्र भागबन्डा टुंगो नलागेसम्म टिकट वितरण नहुने समेत बताए ।

अघिल्लो सामग्रीसलमान खानको नयाँ फिल्मको टिजर सार्वजनिक (भिडिओ)
यसपछिको सामग्रीबारा–४ बाट महन्थ ठाकुरसहित ४ जनाको नाम सिफारिस