लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्‍यक्ष महन्थ ठाकुर बारा क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका उम्‍मेदवारमा सिफारिस भएका छन् ।
सोमबार बसेको क्षेत्रीय बैठकले पार्टी अध्यक्ष ठाकुरसहित ४ जनाको नाम सिफारिस गरेको हो । जिल्ला कमिटि सदस्य रमेश सर्राफले बारा क्षेत्र नं ४ मा पार्टीको संगठन बलियो रहेकाले अध्यक्ष ठाकुरलाई लड्न आग्रह गरिएको जानकारी दिए । अध्यक्ष ठाकुरसहित सांसद एकवाल मियाँ, क्षेत्रीय अध्यक्ष सिताराम गुप्ता र नेता शिवजी साहको नाम प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गरिएको क्षेत्रीय समितिले जनाएको छ । मियाँ ०७४ सालमा तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

अघिल्लो सामग्री‘मुद्दाको फैसला नभएसम्म गच्छदार र अफताव आलमको उमेदवारी सिफारिस रोक्न सकिँदैन’
यसपछिको सामग्रीराजेन्द्र महतो धनुषा–३ बाट उम्मेदवार सिफारिस