चन्द्रपुर,२१ साउन रौतहटको चन्द्रपुर नगर उद्योग बाणिज्य संघको अध्यक्षमा उदय नारायण सापकोटा (सुरेन्द्र) निर्बिरोध निर्वाचित भएका छन । शुक्रबार संघको निर्वाचन प्रक्रियामा सापकोटाको एकल उम्मेदवारी परेपछि उनि निर्विरोध अध्यक्ष पदमा निर्वाचित भएका हुन ।१ अध्यक्ष सहित १२ जना सदस्य मध्यबाट पदाधीकारी चुनिने र ४ जना मनोनित सहित १७ जनाको टिमले संघ चलाउने व्यवस्था रहेको निर्वाचन समितिका सदस्य सचिब सुमन गौतमले बताए ।
संघको सदस्य पदमा भने २७ जनाले उम्मेदवारी दर्ता गराएका छन । चन्द्रपुर नगर उद्योग बाणिज्य संघको निर्वाचनका लागी साउन २८ गते शनिबारका लागी समय तोकिएको चन्द्रपुर नगर उद्योग बाणिज्य संघ निर्वाचन समितिका संयोजक खड्ग बहादुर तामाङले जानकारी दिए ।लामो समयदेखी संघको निर्वाचन हुन सकेको थिएन । संघमा चन्द्रपुर नगर क्षेत्रमा व्यवसाय गर्ने २ हजार सदस्य रहेपनि ५ सय ९२ जनाले मात्र नविकरण गरेका छन् ।