चन्द्रपुर/ चन्द्रपुर नगर उद्योग बाणिज्य संघको भवनको शिलान्यास भएको छ । शुक्रबार मधेश प्रदेशसभा सदस्य धनलाल ठोकरले एक कार्यक्रमका बिच संघको भवनको शिलान्यास गरेका हुन ।चन्द्रपुर नगरमा व्यवसाय गर्ने सबै व्यापारीको सपनाका रुपमा रहेको संघको भवन निर्माण हुँदा व्यवसायीक प्रबर्दन हुने बताउँदै प्रदेशसभा सदस्य ठोकरले नवनिर्वाचित कार्यसमितिको भवन निर्माण गर्ने योजनाको प्रशंसा गरेका छन् ।

तीन करोड ५० लाखको लागतमा बन्ने भवन ४ तलाको हुनेछ भने भवन नगरपालिकाको मापदण्ड अनुसार बन्ने चन्द्रपुर नगर उद्योग बाणिज्य संघका अध्यक्ष उदय नारायण सापकोटाले जानकारी दिनुभएको छ । अध्यक्ष सापकोटाका अनुसार भवन अपांग मैत्री,भुकम्पमैत्री र अत्याधुनक हुनेछ भने भवनमा बस्तुगत संघ—संस्थाको कार्यालय,सभाहल,बैठक कक्ष रहनेछन् ।
अध्यक्ष सापकोटाले भवन आफ्नो कार्यकालमा पुरा गर्ने प्रतिबद्धता जनाउँदै समग्र व्यवसाय र व्यवसायीका हितका लागी संघ लागिपर्ने बताएका छन् । उद्योग बाणिज्य संघको चुनाबी मैदानमा हुदा भवान निर्माण प्राथमिकतामा राखेर अध्यक्ष्य सापकोटाले प्रतिबद्दता अनुसार पहिलो काम भवन सिलान्यास गर्दै भवन निर्माणलाई दिएका छन।