रौतहट , १७ साउन
रौतहटमा आत्महत्या न्यूनीकरण सम्वन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।समुदायप्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सो कार्यक्रम सम्पन्न भएको हो ।समुदाय(प्रहरी वडा समिति ५ नम्बर वडा गरूडा नगरपालिकाको आयोजना र जिल्ला प्रहरी कार्यालय मातहत ईलाका प्रहरी कार्यालय शिवनगर प्रहरीको सहयोगमा सो कार्यक्रम गरिएको थियो ।आईतवार जिल्लाको गरूडा नगरपालिका वडा नम्बर ५ स्थित रहेको महम्मदपुर टोलमा सोही वडाका वडा अध्यक्ष रामबिनोद साहको अध्यक्षतामा जनचेतनामूलक कार्यक्रम गरिएको थियो ।आत्महत्या सम्बन्धी जनचेतनामूलक कार्यक्रममा ईप्रका शिवनगरका ईन्चार्ज स्थानिय, भद्र(भलादमी, बुद्धिजिवी, महिलाहरु समेत गरी अन्दाजी २५ जनाको उपस्थिति रहेको थियो ।

अघिल्लो सामग्रीसलमान खानलाई बन्दुक बोक्ने अनुमति
यसपछिको सामग्रीआज नागपञ्चमी, यसकारण गरिन्छ नागको पूजा