रौतहट, साउन १७ . घरका मँलढोकामा नागको तस्बिर टाँसेर पँजाआजा गर्दै आज नाग पञ्चमी पर्व मनाइँदै छ । हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नाग पञ्चमी मनाउने गरिन्छ ।यस दिन घरका मँ’ल ढोकामाथि नागका तस्बिरमा दही, दुबो, लाजासहित चन्दन अक्षता नैवेध धँपदीप गरी विधिपँर्वक पँजा गर्ने चलन छ । यसरी घरघरमा नागका तस्बिर टाँस्नाले मेघ, सर्प र अग्निको भय नहुने धार्मिक विश्वास छ ।
नागका अष्टकुल अर्थात् अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंखनाग पँजा पञ्चमीका दिन गरिन्छ । बिहानै स्नान गरी गार्ईको गोबर अथवा गहुँको पिठोबाट निर्मित वा कागजमा बनाइएको नागलाई दियो, कलश, गणेश पँजा गरी दही, दुबो, कुश, फँल, सिन्दँर, चन्दनले पँजा गरिन्छ ।नाग पँजा गरी, धँपदीप, नैवैद्यसहित प्रार्थना गरी घरमा वा घरका ढोकामा टाँस्नाले कालसर्प आदि गरिएको योग नष्ट हुने विश्वास छ ।

अघिल्लो सामग्रीआत्महत्या न्यूनीकरण सम्वन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न
यसपछिको सामग्रीपर्सा निकुञ्जमा ४१ बाघ