रौतहट , १२ साउन
जोखिममा रहेका २ वालिकालाई रौतहट प्रहरीले उद्दार गरेको छ ।गौर नगरपालिका वडा नम्बर ५ स्थित नेपाल भारत मैत्री अनाथ आश्रमबाट जोखिममा रहेका वालवालिकाहरुलाई उद्दार गरिएको हो ।जिल्ला प्रशासन कार्यालय, गौर नगरपालिका कार्यालय, राष्ट्रिय वालअधिकार परिषद, वालवालिका खोजतलास प्रदेश समन्वय केन्द्र, सि।जप।, वाल हेल्प लाईन १०९८ कलैया बारा, सम्बन्धित वडा अध्यक्ष र जिल्ला प्रहरी कार्यालय रौतहट गौर लगायत अन्य जनप्रतिनिधीहरुको सहयोगमा ती बालिकाहरूलाइ उद्वार गरिएको प्रहरीले जनाएको छ।अन्दाजी १३ वर्षिया मनिषा कुमारी र ७ वर्षिया खुसी कुमारीलाई उद्दार गरी अस्थायी संरक्षण केन्द्रमा सुरक्षित साथ राख्नको लागि सो संस्थाको कार्यक्रम संयोजक मुकेश कुशवहालाई जिम्मा लगाई पठाईएको रौतहट प्रहरीले जनाएको छ

अघिल्लो सामग्रीवन उपभोक्ता समिति अवैध
यसपछिको सामग्रीचुनावको मिति घोषणा गर्ने सरकारको तयारी