रौतहटः बौधीमाई नगरपालिकामा सर्पको टोकाईबाट एकजना बालकको मृत्यु भएको छ । जिल्लाको को दक्षिणीभेग मा रहेको बौधीमाई नगरपालिका ३ मटिअरवाका रामलगन कुशवाहाका ९ वर्षीय छोरा अनमोल कुशवाहाको सर्पको टोकाई बाट मृत्यु भएको हो।कुश्वाहालाई शनिबार राति करिब ९ बजे आफ्नै घरको आगनमा सर्पले टोकेको एमाले मधेस प्रदेश कमिटी सदस्य किरण साहले जानकारी दिए । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अघिल्लो सामग्रीसाझावाणी दैनिक असार २० गतेको ई-पेपर
यसपछिको सामग्रीघरमा आगलागी हुँदा लाखौँको क्षति