रौतहट,६ साउन
बिपि कोइराला युवा नेतृत्व बिकास मञ्च रौतहट जिल्लाको आयोजनामा जन नायक वि पी कोइरालाको ४० औं स्मृति दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।शुक्रवार चन्द्रपुर न.पा वडा ६ स्थित जिपि उध्यान पार्क डावरिमा मा वृक्षारोपण सम्पन्न भएको छ । उक्त कार्यक्रम सफल बनाउन केन्द्र देखि जिल्लाका नेता तथा कर्याकर्ताहरुको राम्रो उपस्थिती रहेको थियो। कार्यक्रमको सभा अध्यक्ष मञ्चको रौतहट जिल्ला अध्यक्ष अधिकार लामिछाने रहेका थिए। बृहत् वृक्षारोपण कार्यक्रम मा करिव २०० भन्दा बढी प्रजातिका वृक्षा रोपण गरिएको लामिछाने ले बताए।कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेश सभा सदस्य मा.धनलाल थोकर ले वृक्षा रोपण गर्दा पर्यटकीय क्षेत्र मा राम्रो सम्भावना बोकेको डावरीको सौन्दर्य बढ्ने बताए। बर्सेनि बिभिन्न बहानामा वृक्षाहरु नष्ट हुँदै आएको छ उनले स्मरण गर्दै भने रोप्ने मात्र गर्ने होइन यस्को उचित संरक्षणमा सवै मिलेर लाग्नु पर्ने ठोकरले बताए।कार्यक्रमका बिशिस्ट अतिथि मञ्चको केन्द्रिय अध्यक्ष निलकण्ठ रिजाल ले पनि सम्बोधन गर्नु भएको थियो।उहाले लामो इतिहास बोकेको यस डावरिमा आफू पनि उपस्तिथि भएर वृक्षारोपण कार्यक्रम मा सारीक हुन पाउँदा खुशी ब्यक्त गरे र आयोजक लाई धन्यवाद समेत दिए।
बृहत् वृक्षारोपण कार्यक्रममा बिशिस्ट अतिथिहरुमा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता हृदयनारायण यादब नेका जिल्ला सचीव रामचन्द्र गिरि , क्षेत्रीय सभापति राम स्नेही राय यादव , नेबि सघ पुर्व माहामन्त्री उर्मिला थपलिया , मेयर शेख वकिल को उपस्थित रहेको थियो भने अतिथि हरु चन्द्रपुर नगर सभापति मुकेश गिरि,तरुण दल जिल्ला अध्यक्ष नौसाद आलम, नेका माहासमिती सदस्य देबराज कार्की नेबि सघ पुर्व केन्द्रिय सदस्य हरु भरत खड्का , नवराज देबकोटा, पुजन गन्धर्व , नेका नेता हरु अनन्त कोइराला , अजय कुमर शाह, महिला सघ केन्द्रिय सदस्य लक्ष्मी बराल चन्द्रपुर ६ वडा सभापति नेत्र कुश्वार , नेका सर्लाही नेता बिश्वमित्र रिजाल नेबि सघ नेता हरु पकज सुवेदी , संन्जिब ढकाल ,लक्ष्मी सिलवाल ,प्रबिन जंग कार्की , कमल तिमल्सिना ,प्रबिन घिमिरे , जन ज्योति क्याम्पस स्वबियु सभापति सगम श्रेष्ठ र अन्य नेता कार्यकर्ताहरुको बाक्लो उपस्तिथि रहेको थियो ।
उक्त कार्यक्रम सचालन नेपाली काङ्ग्रेस रौतहट नेता सुमन गौतम ले संचालन गर्नु भएको थियो ।

अघिल्लो सामग्रीजन ज्योतिका कार्की राष्ट्रिय बिज्ञान बिद्यार्थी प्रतिभा पहिचान कार्यक्रममा देशभरीमा चौथो र मधेश प्रदेशमा पहिलो स्थान हासील गर्न सफल
यसपछिको सामग्री२ लाख लुट्ने २ जना पक्राउ