काठमाडौं :नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले नेपाल श्रीलंकाको जस्तो आर्थिक संकटतर्फ नगएको बताएका छन् । मंगलबार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद देवले श्रीलंकाको अहिलेको अवस्थाबाट पाठ भने सिक्नुपर्ने धारणा राखे ।
के कारणले श्रीलंका त्यहाँ पुग्यो रु नेपाल त्यहाँ पुगिराखेको छैन । म एउटा अर्थशास्त्रको विद्यार्थीको नाताले, राजनीतिको पनि विद्यार्थीको नाताले म यो कुरामा ढुक्क छु कि नेपाल त्यतातिर गइराखेको छैन । यो म कुनैपनि अर्थशास्त्रीसँग, कुनैपनि नेताहरुसँग, बुद्धिजिवीहरुसँग छलफल गर्न तयार छु । नेपाल त्यतातिर गइराखेको छैन’ उनले भने ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको नयाँ तथ्यांकमा विदेशी मुद्रा सञ्चिती बढ्दै गएको देखिएको पनि सांसद देवले बताए ।हिजो नेपाल राष्ट्र बैंकले जुन आर्थिक तथ्यांकहरु सार्वजनिक गरेको छ, त्यसले पनि इक्करेजिङ ट्रेन्डलाई देखाएको छ । तर के भन्दाखेरि सर्तकताको जरुरी छ’ उनले भने ।
नेपालको अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न भने बेलैमा सतर्क हुनुपर्ने उनको भनाइ छ ।‘कोभिडलाई मात्रै कारण देखाएर या रसिया र युक्रेनको युद्धलाई मात्रै कारण देखाएर पन्छिन खोज्यौँ भने त्यो मुर्खता हुन्छ । त्यो देशको प्रति गद्दारी, बेइमानी हुन्छ । विश्वासघात हुन्छ । मुलुक दुर्घटनामा जान्छ । त्यसकारणले सिक्नुपर्ने कुरा श्रीलंकाबाट के सिक्ने त्यो महत्वपूर्ण छ’ सांसद देवले भने ।श्रीलंकाले निरन्तरको दुई दशकदेखिको गलत आर्थिक नीति, भ्रष्टाचार, कमिशनतन्त्र र परिवारवादको कारणले गर्दा अहिलेको अवस्था भोग्नुपरेको उनले बताए ।
आवरण नेपाल श्रीलंकाको बाटोमा छैन ः सांसद देव