रौतहट: जिल्लाको चन्द्रपुर ६ मा रहेको जन ज्योति मा वि मा अध्यनरत रोचक बिक्रम कार्की विज्ञान प्रतिभा पहिचान कार्यक्रमको अधिराज्य व्यापी प्रतियोगितामा चौथो स्थान र मधेश प्रदेश भरीमा प्रथम स्थान हासिल गर्न सफल भएका छन्।
UNESCO द्वारा प्रायोजित STAN नेपालको आयोजनामा भएको विज्ञान प्रतिभा पहिचान प्रतियोगीतामा उनि देशै भरी चौथो र मधेश प्रदेशमा प्रथम हुन सफल भएका थिए । यसै बिच रोचक कार्कीलाई उनि अध्यनरत बिध्यालय र अन्य संघ सस्थाले पनि हौसला स्वरुप सम्मान गरेको थियो । यतिबेला उनि चौतर्फि चर्चामा छन् । सो कार्यक्रममा आफु सहभागी भई आफ्नो प्रतिभा प्रस्तुत गर्न पाउदा निकै खुशी भएको र गौरवान्वित महसुस गरेको बताए। थप अवसर पाए अझै इमानदारीताका साथ बिज्ञान क्षेत्रमा अघि बड्ने कार्कीले बताए। यस्तै चन्द्रपुर ६ मा रहेको जन ज्योती मा.वि ले आफ्नै शैक्षिक स्तर बढाउन कुनै कसर बाकी नराख्ने सोही बिध्यालयमा प्राध्यापक शखर भट्टराई ले बताए । बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष देबराज कार्कीले देश र प्रदेशमा नाम चिनाउन सफल कार्कीलाई बधाई दिदै अन्य बिध्यार्थीले उनी र उनको मिहिनेत बाट प्रेरणा लिनुपर्ने बताए ।
आवरण जन ज्योतिका कार्की राष्ट्रिय बिज्ञान बिद्यार्थी प्रतिभा पहिचान कार्यक्रममा देशभरीमा ...