चन्द्रपुर,२९ जेठ
रौतहटको चन्द्रपुरमा रहेको मुनलाइट एकेडेमीले आइतवार कक्षा १२ का विद्यार्थीहरुलाई विदाई एवम् सम्मान कार्यक्रमको सम्पन्न भएको छ । विद्यालयले हरेक बर्ष गर्दै आएको विदाई कार्यक्रम अन्तर्गत यस बर्ष पनि कक्षा १२ का विद्यार्थीहरुलाई विशेष कार्यक्रमको आयोजना गरि विदाई एवम् सम्मान गरिएको हो । सो विदाई कार्यक्रममा प्रमुख अतिथी चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सिग्देलले मुनलाइट एकेडेमीले रौतहटको शिक्षाको क्षेत्रमा उल्लेख्य भूमिका खेलेको बताउनुभयो । उहाले हरेक अभिभावक आफ्ना नानीबाबुहरुको शैक्षिक स्तर राम्रो होस भन्ने चाहना राख्छन् र सोही चाहनालाई मुनलाइटले पुरा गरेको बताउनुभयो । उहाले चन्द्रपुर नगरपालिकाले गुणस्तरीय शिक्षाको लागि सधै जोड दिएको र यसका लागि सवैसंग सहकार्य गर्न तयार रहेको बताउनुभयो । शिक्षा अनिवार्य भएकोले यसलाई गुणस्तरीय बनाउने सवालमा अभिभावक, शिक्षक, विद्यालय, समाज, नगरपालिका सवैको दायित्व समान रहेकोले सवैको सहयोगबाट गुणस्तरीय शिक्षा प्राप्त हुनेमा आफु आशावादी रहेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका ट्राफिक प्रहरी नायव निरिक्षक दिपेन्द्र साहले विद्यार्थीमा अनुशासन अति नै आवश्यक रहेको बताउनुभयो ।उहाले अनुशासन विना कुनै पनि काम गर्न असम्भव रहेकोले विद्यार्थीमा अनुशासन, लगनशिलता आवश्यक रहेको बताउनुभयो । उहाले मुनलाइट एकेडेमीले शैक्षिक क्षेत्रमा गरेको प्रगति प्रदशेमै उत्कृष्ट रहेकोले पनि मुनलाइटप्रति अभिभावकहरुको भरोसा, विश्वास बढेको बताउनुभयो । कार्यक्रममा विद्यालयका एजुकेशन डाइरेक्टर दिपक घिमिरले मुनलाइट एकेडेमीले स्थापनाकाल देखि नैरौैतहटको शैक्षिक गुणस्तरीयताका लागि प्रतिबद्ध भई लागेकोले आज यो स्थानसम्म आइपुग्न सफल भएको बताउनुभयो । विद्यालयका संचालक,शिक्षक, विद्यार्थी ,अभिभावक, शुभचिन्तकको सल्लाह,सुझाव अनुसारको अगाडि बढेका कारण पनि प्रदेशमै उत्कृष्ट हासिल गरेको स्मरण गर्नुहुदै अव त्यसलाई अझ माथिसम्म लैजानका लागि सवैको सहयोग आवश्यक रहेको बताउनुभयो । विद्यालयका प्रिन्सिपल श्यामकिशोर चौधरीले कक्षा १२ का विद्यार्थीहरुलाई उच्च शिक्षाको लागि शुभकामना दिनुभयो । उहाले मुनलाइटले गरेको शैक्षिक गुणस्तरलाई अझ माथी लैजान आग्रह गर्नुहुदै स्तर खस्किन नदिन अथक प्रयास गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा विद्यालयका संचालक हरी कोइराला,शंकर घिमिरे,शिक्षक, अभिभावक, संचारकर्मी लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

अघिल्लो सामग्रीबजेट निर्माणमा सांसदको कुनै भूमिका छैन : सांसद झा
यसपछिको सामग्रीसाझावाणी दैनिक जेष्ठ ३० गते सोमबार ई-पेपर