रौतहट:जिल्ला समन्वय समिति पर्साको प्रमुख पदमा जनता समाजवादी पार्टी ९जसपा० का नीरज साह विजयी भएका छन् । जसपा र नेकपा ९एमाले०को तर्फबाट साझा उम्मेदवार बनेका उनी दुई मतको अन्तरले विजयी भएका हुन् ।उनले १५ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० गठबन्धनका साझ उम्मेदवार सरोज चौरसियाले १३ मत प्राप्त गरे ।यसैगरी उपप्रमुख पदमा एमालेका पुरन साह कूल १५ मतसहित विजयी बने भने उनका निकटतम् प्रतिद्वन्द्वी काँग्रेसका कुमारी सोनीले १३ मत प्राप्त गरिन् । जिससको नेतृत्वका लागि जसपा–एमाले गठबन्धन गरेर चुनाव लडेकामा सबै पदमा गठबन्धनका उम्मेदवार विजयी भएका हुन् । नौ सदस्यीय जिसस पर्सामा जसपाबाट तीन र एमालेका चार सदस्य विजयी भएका छन् । े जिल्लामा एमालेको १०, काँग्रेसको १२ जसपाको पाँच र लोसपाको एक मत रहेको थियो ।

साझावाणी दैनिक जेठ २९ गते आईतवार ई-पेपर

अघिल्लो सामग्रीसाझावाणी दैनिक जेठ २९ गते आईतवार ई-पेपर
यसपछिको सामग्रीसमाजवादीमा किन हुँदैछ मन्त्री फेरबदल ?