रौतहट १८ जेष्ठ
रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थित कृषि बिकाश बैंक लिमिटेड चन्द्रपुर शाखाको एटीएम सेवा सुचारु गरिएको छ ।
बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल बैंकर संघका अध्यक्ष अनिल कुमार उपाध्याय र चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले एक कार्यक्रम बीच संयुक्त रुपमा १०६ औं एटिएम सेवाको उद्घाटन गरेका हुन् ।
सो कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख कार्यकारी अधिकृत उपाध्यायले कृषि बिकास बैंकले चन्द्रपुर लगायत यस जिल्लालाई नै समेट्ने गरि ग्राहकमुखी कार्य गर्दै आएको बताएका छन् ।
गरिवभन्दा गरिब किसानको जिवनस्तर उकास्नमा पनि त्यतिकै मद्दत पु¥याउन बैंकले व्यवसायीक कृषि कर्जामा विशेष जोड दिदै आएको तथा आगामी दिनमा बिभिन्न सेवाहरु प्रदान गर्ने बताएका छन् ।उनले बैंक मार्फत आधुनिक प्रविधि सहित छिटो छरितो तथा बिश्वासनीय सेवा प्रदान गराउने बताएका छन् । चन्द्रपुर शाखाको आफ्नै जग्गमा अवस्थित बैकको भवनलाइ २–३ महिना भित्रै नया संरचना सहित अत्याधुनिक बैकिङ सेवा प्रदान गराउने प्रमुख कार्यकारी अधिकृत उपाध्यायले प्रतिबद्धता गरेका छन् । त्यसैगरी चन्द्रपुर नगरपालिकाका नगर प्रमुख काफ्लेले कृषि बिकास बैंक गरिब किसानको बैंक हो । यस बैंकबाट सम्पुर्ण बर्गका सेवाग्राहीहरुले सर्वसुलभ बैकिङ सेवा पाईरहेको कुराहरुमा आफु ढुक्क रहेको बताएका छन् ।उनले यस बैकलाइ व्यतिmगत र चन्द्रपुर नगरपालिकाको तर्फ बाट हुने र गर्न मिल्ने सम्पुर्ण सहयोग गर्न हर्दम तयार रहेको जानकारी दिएका छन् ।
सो कार्यक्रममा कृषि विकास बैंकका उप–महाप्रबन्धक बाबुकाजि थापा,प्रदेश निर्देशक नारायण प्रसाद आचार्य चन्द्रपुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रबि राना मगर,कृषि बिकास बैंक चन्द्रपुर शाखाका प्रमुख बिनोद पौडेल, मदन राय,अनरुद यादब,सन्जय के.सि,राजिव साह,दिपेन्द्र शर्मा(तिमल्सिना),अनुशा ढकाल लगायतको सहभागिता रहेको थियो ।

अघिल्लो सामग्रीदुर्घटना क्षेत्रबाट ल्याइयो १० वटा शव
यसपछिको सामग्रीसानिमा लाईफको बिमा अभिकर्ता कार्यक्रम चन्द्रपुरमा सम्पन्न