आज बाट ‘साझावाणी दैनिक’ दोस्रो वर्षमा प्रवेश गरेको छ ।
२०७८ साल असार ११ गते आजकै दिन बाट शुभारँम्भ भएको ‘साझावाणी दैनिक’ एक वर्ष पार गरी दुई वर्षमा प्रवेश गरेको हो । मधेश प्रदेशको रौतहट जिल्लालाई कर्म भुमी बनाई सदैव निमुखा,उत्तपिडनमा परेका मानिस भएर पनि मानवरुपि सम्मान नपाएका र आवाज बिहिनहरुको आवाज बनेर सदैव पत्रकारीता कर्म लाई आत्मा साथ गरेर कलम चलाउन हामीले कुनै कसुर बाकी राखेको छैनौ । स्वतन्त्र लेख्न् बोल्न र जिउका तिउ प्रस्तुत गर्न पाउनु लोकतान्त्रीक अधिकार हो । हामी सदैव सत्य र तथ्यमा रहेर समाचार सम्प्रेशण गर्नेछौ,न्यायको पक्षमा कलम चलाइरहने छौ । यात्रामा कतै बिरायै भने पनि याहाहरुले डोर्याउनु भएको बाटोमा चल्ने छौ ।
दैनिकपत्रिका निरन्तर चलाउनु यतिबेला चुनौतिपुर्ण भएको छ । महंगी, देशको वर्तमान अवस्थाले पनि हरेक दिन पत्रिका निकाल्नु चानचुने कुरा छैन तर पाठक ,शुभचिन्तकको मनोभावलाई बुझेर हामी निरन्तर प्रकाशनको लागि जुटिरहेका छौ ।

पत्रिकाबाट समाज देश र सम्रग राष्ट्रको अगुवाको यात्रा तय गरेका हामीले पाठक, वितरक, विज्ञापनदाता,जनप्रनिनिध र सबै शुभचिन्तकको स्नेह र हौसलाले नै एक वर्षको यात्रा तय गर्न सफल भएका हौ । यस्का लागि हार्दिक धन्यवाद प्रकट गर्दै सदैव सहयोगको अपेक्षा गरेका छौ“ । पत्रकारिता कुनै एक ब्यक्ति ,बहालमा असिन भएका र नेतृत्व लाई खुसी पार्न सक्ने पेसा होइन । निर्भय र निष्पक्ष पत्रकारिताले सबैभन्दा प्रवाहित नेतृत्व र बहालमा आसिनलाई बनाउछ । सत्ता, सरोकारवाला र कुनै पनि निकाय सग हाम्रो कुनै पूर्वाग्रह छैन, प्रश्नहरू अवश्य छन्, जड सम्म पुगेर सत्य उजागर गर्ने रणनिति तय गरेको यात्राको हामी महासंग्राममा छौ“ । जनताको आकांक्षा र सत्ताको स्वार्थ बुझना साथ, हामी सदैव विनासर्त जनताको पक्षमा खडा हुने छौ“ । प्रतिज्ञा गर्छौ,कसैको लोभ लालचमा लागेर,पत्रकारीता जस्तो मर्यादित पेशालाई बदनाम गराउने कार्य कदापी गर्ने छैनौ । हामीले प्रस्तुत गर्ने सामग्रीप्रति जिम्मेवार र जवाफदेहिताबाट हामी कहिल्यै पनि पन्छिने छैनौ। पाठकका अदालतमा साझावाणि दैनिक हरेक बिहान खडा हुनेछ । त्यही नै हाम्रो अन्तिम अदालत हो र त्यसको आदेश हाम्रा लागि परमादेश हो । आदरणीय पाठकबाहेक अरू कसैको प्रमाणपत्र हाम्रा लागि अपेक्षित छैन । मुख्य गरी रौतहट जिल्ला तथा मधेश प्रदेश को केही जिल्लामा प्रत्यक्ष विक्री वितरण भईरहेको साझावाणी दैनिकले प्रविधिको विकाससगै E-SAJHAVANIDAINIK.COM नामक अनलाइन पोर्टलमार्फत विश्वभरका पाठकमाझ आफ्नो पहुच कायम गर्ने समेत जमर्को गरेका छा“ै । यस मार्फत ताजा अपडेट र रंगीन ई-पेपर मोवाइलबाटै पढ्न पाठकलाई सहज भई रहेको छ ।
हालै सम्पन्न निर्वाचन बाट सम्पुर्ण स्थानिय तहले नया नेतृत्व पाईसकेको छ ।नया नेतृत्वलाई खबरदारी संगै जनताको चासो र समस्याको बिषयलाई प्राथमिकतामा राख्ने संक्लप गर्दछौ ।अझै निर्भीकताका साथ स्थलगत रिपोर्टिङ,वस्तुनिष्ठ र थप अनुसन्धानमुखी बाट हामीले यहाहरुबाट अटुट माया पाउने अपेक्षा सहित सल्लाह,सहयोग र साथले हजारौ वर्षको यात्रा तय गर्न सक्छौ भन्ने आशा लिएका छौ ।
सागर हुमागाई
प्रकाशक तथा प्रबन्धक निर्देशक

अघिल्लो सामग्रीसाझावाणी दैनिक असार ११ गते को ई-पेपर
यसपछिको सामग्रीजिसस रौतहटको अध्यक्षमा काँग्रेसका रामअयोध्या राय यादव निर्वाचित