काठमाडौं ३ असार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले एक मात्र नेता भएको दाबी गरेका छन् ।
स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले विचार, संगठन र जनप्रभावका हिसाबले एमाले प्रमुख शक्ति भएको बताए । अरु दलहरुसँग एमालेको नीतिमा टिका टिप्पणी गर्ने बाहेक केही नभएको भन्दै उनले भने, ‘कुनै पनि नीति एमालेले तय गर्छ । त्यसलाई तोडमोड गरेर व्याख्या गर्ने, अलिकति आफ्नो बनाउने बाहेक नीति कुनै पार्टीसँग देख्नु भएको छ रु’
राष्ट्र निर्माणको नीति एमाले बाहेकका दलसँग नभएको भन्द्यै उनले अघि भने, ‘बैचारिक हिसाबले नेकपा एमाले एक मात्र वैचारिक नेता हो नेपालको ।’
संगठनात्मक रुपमा ५र७ भाइ नभएसम्म एमालेतिर हेर्न पनि नसकिने अवस्था रहेको उनले बताए । ओलीले अघि भने, ‘जनप्रभावमा पनि कम्तिमा एमाले एअरुभदा एक प्रतिशत ठूलो छ ।’
संसदमा एमालेको ९८, कांग्रेसकोे ६१ र माओवादी केन्द्रको ४८ सिट रहेको उनले सुनाए । स्थानीय तहमा पनि माओवादी केन्द्रले अरुसँग मिलेर १२० पालिकाको नेतृत्व जित्दा एमालेले २०५ जितेको भन्दै उनले अघि भने, २०५ सिट जित्ने चाहिँ हा¥यो। १२० जित्ने चाहिँ जित्यो रे ।’एकीकृत समाजवादीतर्फ संकेत गर्दै उनले एमालेबाट फुटेर बनेको एउटा पार्टीले चाहिँ हार गुहार गरेर १४ ठाउँ जित्दा एमालेलाई हरायौं भनेर खुसी मनाएको बताए । एमाले अध्यक्ष ओलीले अघि भने, ‘एमाले असफल भएको होइन, तर धेरै सफल भएको ठान्दैन । किनभने हामीले बहमुत सिट ल्याउनुपथ्उार्ने, यो भन्दा धेरै सिट ल्याउनुपथ्र्यो । अहिले जे भयो, त्यो भन्दा बढी व्यवस्थित ढंगले प्रस्तुत हुनुपर्थ्यो ।’
अनलाईनखबरबाट