रौतहट,२२ जेठ
जुन ५ मा मनाइने विश्व वातावरण दिवसका अवसरमा ग्रामिण बिकास नेपाल (आर डि सि) ले ‘दिगो जीवन बिताउनका लागी प्रकृतीसंगको सदभाव ’, ‘वृक्षारोपण गरौ,वातावरण जोगाऔ’ जस्ता नाराका साथ वृक्षारोपण आयोजना गरी सम्पन्न गरेको छ। चन्द्रपुर ३ स्थित कालापानी सामुदायीक वन क्षेत्रमा जामुन,सिसौ ,सिरिस मसला लगाएत बिभिन्न प्रजातीको ५०० वटा बिरुवा रोपीएको हो। वृक्षारोपण कार्यक्रममा चन्द्रपुर नगरपालिकाका उप प्रमुख जयमाला चौधरीको वडा नं ३ का अध्यक्ष बोधनाथ देवकोटा लगाएत स्थानियको उपस्थित रहेको थियो ।
यस्तै बिश्व वातावरण दिवसको अवसरमा बिभिन्न संघ सस्था,बिध्यालय ले पनि बिविध कार्यक्रम गरेको छ ।
चन्द्रपुर ६ स्थित जन ज्योति बहुमुखि क्याम्पसले आफ्नो प्रागंणमा वृक्षरोपन गरेर मनाएको छ । यस्तै चन्द्रपुर ५ स्थित मुनलाईट एकेडेमी र माउण्ट एभरेष्ट बिध्यालयले पनि बिभिन्न कार्यक्रम गरी मनाएको छ । माउट एभरेष्ट बिध्यालयले र्याली समेत निकालेको थियो ।चन्द्रनिगाहपुर सिटि जेसिसले पनि वृक्षारोपण गर्ेको छ । बिभिन्न ठाउमा भएको कार्यक्रममा डिभिजन वन कार्यलयले बिरुवा उपलब्ध गराएको थियो ।