सप्तरीःजिल्ला समवन्य समिति सप्तरीको प्रमुखमा तीन जना र उपप्रमुखमा दुई जनाले मनोनयन दर्ता गराएका छन् । जनता समाजवादी पार्टीबाट छेदी अरगरिया यादव र नेपाली काँग्रेसबाट शिव नारायण साह र गुञ्जेश्वरप्रसाद सन्तले प्रमुख पदमा मनोनयन दर्ता गराएका हुन् ।
उपप्रमुखमा नेकपा एमालेबाट देवकान्त चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीबाट शम्भुकुमार यादवले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय राजविराजले जनकारी दिएको छ। यसैगरी खुला सदस्य तीन पदका लागि सात जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये जनता समाजवादी पार्टीबाट अवधेश मुखिया, माओवादी केन्द्रबाट गुल्टेन यादव, नेपाली काँग्रेसबाट जागेश्वर यादव, एमालेबाट जानुद्दिन मियाँ चुरौटे, रविन्द्रनाथ चौधरी, जनमतबाट बुद्धिलाल चौधरी र लोकतान्त्रिक समाजवादीबाट सत्यनारायण मण्डलले उम्मेदवारी दर्ता गराएका हुन्।
महिलातर्फ तीन पदका लागि ६ जनाले मनोनयन दर्ता गराएका छन् । जनता समाजवादी पार्टीबाट आशाकुमारी तामाङ, आशादेवी झा, जनमतबाट धनवतीदेवी सरदार, नेपाली काँग्रेसबाट रन्जिताकुमारी चौधरी, नेकपा एमालेबाट बैजानाथ देवी थरुनी र एकीकृत समाजवादीबाट सविताकुमारी साहले उम्मेदवारी दर्ता गराएकी हुन् ।दलित अल्पसंख्यकतर्फ एक पदका लागि दुई जनाले मनोनयन दर्ता गराएका छन् । जसपाबाट वलदेव सरदार र एकीकृत समाजवादीबाट बौरही भगतले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिए ।
प्रमुखमा नेपाली काँग्रेसको टिकटबाट दुई जनाले मनोनयन दर्ता गराएको उनले जानकारी दिए । दुवै जनाले पार्टीको टिकटबाट मनोनयन दर्ता गराएका छन्,ु मुख्य निर्वाचन अधिकृत ज्ञवालीले भने, ‘पार्टीले जसलाई आधिकारिकता दिन्छ ऊ नै उम्मेदवार हुनेछ ।’जिल्ला समवन्य समिति सप्तरीको मतदान १२ असारमा हुँदैछ । नौ पदका लागि २० जनाको उम्मेदवारी दिएका छन्। जिल्ला समवन्य समिति सप्तरीको निर्वाचनमा ३६ जना मतदाता छन् । जसमा काँग्रेस १२, जसपा ८ लोसपा ५ एमाले ४ जनमत २ माओवादी २ र एस २ जना छन् ।

अघिल्लो सामग्रीसाझावाणी दैनिक असार ६ गतेको ई-पेपर
यसपछिको सामग्रीमहोत्तरी कारागारमा कैदीको मृत्यु