चन्द्रपुर÷एन.सि.सि बैक चन्द्रपुर शाखाले निशुल्क खाता खोल्ने तथा बित्तीय साक्षरता कार्यक्रम सुरु गरेको छ ।
रौतहटको चन्द्रपुर नगर पालिका वार्ड नं. २ स्थित फुलवारी बाट निशुल्क खाता खोल्ने तथा बित्तीय साक्षरता कार्यक्रम शुभारम्भ गरीएको हो । नेपाल राष्ट्र बैकं ले थालनी गरेको अभियान (प्रत्येक नेपालीको बैकं खाता) कार्यक्रम अन्र्तगत एन.सि.सि बैकले चन्द्रपुर न पा को १० वटै वडामा सो कार्यक्रम संचालन गर्ने चन्द्रपुर शाखाका प्रमुख उज्वल रिजालले जानकारी दिए । शनिवार देखी सुरु गरीको कार्यक्रममा फुलवारीका स्थानिय ५० जनाले खाता खोलेको रिजालले बताए । खाता खोलेका सेवाग्राही हरुले निशुल्क एटिएम,मोबाईल बैकिङं, डिम्याट र मेरो शेयर को सुबिधा, दश हजार बराबरको औषधि उपचार बिमा र उच्च ब्याजदर पाउने बताए । कार्यक्रमा उपस्थित रहेको चन्द्रपुर न.पा २ का अध्यक्ष दुत्त बहादुर थिगं ले निशुल्क खाता खोल्ने तथा बित्तीय साक्षरता कार्यक्रमले स्थानियलाई बैक सगको पहुचमा मदत पुग्ने बताए । बिभिन्न समयमा ठगी घटना हरु बढ्दै गएको बेला बित्तीय साक्षरता कार्यक्रमले स्थानियलाई सचेत बनाएको बताए । यस्ता कार्यक्रमले वडा बासीहरुमा बैकिड. शिक्षा प्रणली सम्बन्धि सचेत गराएकोमा एन.सि.सि बैकलाई धन्यवाद समेत दिए ।

अघिल्लो सामग्रीसाझावाणी दैनिक जेठ २२ गतेको ई-पेपर
यसपछिको सामग्रीमुसहर बालबालिका अझै विद्यालय बाहिर