रौतहट १६ जेष्ठ
रौतहटको चन्द्रपुरमा रहेको सरकारी अस्पतालमाचन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले छड्के अनुगमन गरेका छन् ।
सोमबार गरेको अनुगमनमा ७ जना स्वास्थ्यकर्मी अनुपस्थित रहेका पाईएको छ ।
पालिकाका प्रमुख संजय कुमार काफले, वडाअध्यक्ष नीलहरी कोईराला सहित वडासदस्यहरुले गरेको छडके अनुगमनमा उनीहरु बिना सुचना गयल भएको पाइएको हो ।
नगर प्रमुख काफ्ले आफ्लै हाजीरी रजिष्टार पल्टाएर हेरेका छन् । अनुगमनको क्रममा अनुपश्थित रहनेमा हेल्थ असिस्टेण्ट लक्ष्मण रायले सोमबार एक दिन, स्टाफ नर्स बिमला कुमारी साह ०७९ जेष्ठ ४ गते देखि १६ गते सम्म, सीएनएम रन्जु मुखिया सोमबार एक दिन, अएब राजेश प्रसाद रौनीयार ०७९ जेष्ठ १३ देखि १६ गते सम्म, अनमी प्रेम कुमारी पौडेल ०७९ जेष्ठ ११ गते देखि १६ गते सम्म, अनमी अम्बिका कुमारी सोमबार एक दिन बिना सुचना गयल भएका छन । चन्द्रनिगाहपुर सरकारी अस्पताल बाट बिरामीले सेवा पाउन नसकेको गुनासो बढिरहेको बेला चन्द्रपुर नगरपालिकाका प्रमुख काफ्ले बाट छडके अनुगमन गरी त्यहाको अबस्थाको बारेमा बुझनु भएको हो । अस्पताल बाट दिईने सेवामा कुनै किसिमको कमी हुन नदिन र स्वास्थ्यकर्मीका साथै कर्मचारीलाई नीयमित अस्पतालको समयमा कार्यरत रहन छडके अनुगमन गरिएको चन्द्रपुर नगरपालिकाका प्रमुख संजय कुमार काफलेले बताउनु भयो । गयल भएका स्वास्थ्यकर्मी संग अस्पतालमा उपस्थित नहुनुको कारण सहितको स्पष्टकिरण सोध्न निर्देशित गरिएको नगर प्रमुख काफ्ले बताउनु भयो ।
आवरण सरकारी अस्पतालमा मेयर काफ्लेको छडके