बैशाख २०, रौतहट // पूर्वमन्त्री तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले गठबन्धन सरकारको नाउँमा पाँचदल मिलेर देश लुटिरहेको टिप्पणी गरेका छन् ।अदालतको परमादेश बाट गठबन्धनको सरकार बनेको झन्डै एकबर्षको अवधीमा देशमा कुन काम राम्रो भएको छ,भ्रष्टाचार ,महंगी,अनिष्ट मात्र भएको उनले जिकिर गरेका छन् ।

गृहजिल्ला रौतहटको बौधिमाई नगरपालिकामा एमाले क्षेत्रीय कमिटी द्वारा आयोजित चुनावीसभा लाई संबोधन गर्दै सता साझेदार पार्टी अलगअलग भनिएपनी सबैको उदेश्य एउटै देश र जनतालाई लुट्ने बाहेक केही नरहेको बताए ।बौधिमाई नगरपालिकामा एमालेका मेयर उमेदवार त्रिभुवन साहको सभापतित्वमा सम्पन्न चुनावीसभामा एमाले केन्द्रिय सदस्य कुन्दन कुश्वाहा,प्रदेश कमिटी सदस्य मनोज यादव वडा अध्यक्ष उमेदवार मुक्ति नारायण मिश्रा लगायतका बक्ताहरुले सुखी नेपाली समृद्ध नेपालको परिकल्पना साकार गर्न एमाले लाई जिताउन आग्रह गरेका थिए ।

अघिल्लो सामग्रीस्वतन्त्र उम्मेदवार साहको धर्ना स्थगित
यसपछिको सामग्रीचन्द्रपुरमा आज ओलीले चुनावी सभालाई सम्बोधन गर्ने