पर्सा : पर्सामा हतियार सहित एकजना पक्राउ परेका छन्। चुनावी आचारसंहिता लागिरहेको समयमा पर्साको सखुवाप्रसौनी गाउँपालिका-१ बाट सो हतियारसहित स्थानीय सल्टु महतो पक्राउ परेका हुन्।उनले बिहीबार साँझ ९ बजेर २० मिनेटमा सखुवाप्रसौनी वडा नम्बर १ कै औराहा बस्ने मंगलबहादुर भ्लोनको बाँसको टाटी भएको माटोले लिपेको घरको पश्चिमपटि बेरामा गोली हानेको खुलेको पर्सा प्रहरीले जनाएको छ।

सो गोली बेराबाट भित्र प्रवेश गरी घरभित्र रहेको चामलको बोराभित्र रहेको फेला परेपछि अनुसन्धान गर्ने क्रममा उनी पक्राउ परेको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए।साँझ मंगलबहादुरको घरबाहिर गोली चलेको भन्ने हल्ला चलेपछि प्रहरी घटनास्थल पुगी अनुसन्धान गर्न थाल्दा सोही ठाउँको वर्ष २७ का सल्टु महतो आफ्नो घर ठेगानाबाट भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको उनको भनाइ छ। पक्राउ परेका महतोको घर खानतलासी गर्दा निजले घर नजिकै खाली जमिन रहेको नालामा सो हतियार लुकाइछिपाइ राखेको फेला परेपछि हतियार पनि बरामद गरेको पर्सा प्रहरीले जनाएको हो।

पक्राउ परेका महतोलाई खरखजाना सम्बन्धी कसुरमा थप अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाइएको पर्साका प्रहरी नायव उपरीक्षक खनालले बताए।

अघिल्लो सामग्रीनिर्वाचन आयोगले छापिसक्यो सबै मतपत्र
यसपछिको सामग्रीआफ्नै छोराले गरे आमाबुबाको हत्या