२३ बैसाख,काठमाडौं // नेपालले पहिलो एकदिवसीयमा पाहुना टोली जिम्बावेलाई जितका लागि १ सय ३७ रनको लक्ष्य दिएको छ।टियु क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपाल ३१ ओभर ३ बलमा अलआउट हुँदै १ सय ३६ रनमा समेटियो ।नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाए ।
करण केसीले २५ रन जोड्दा कुशल भुर्तेलले १९ रन बनाए । दिपेन्द्र सिंह ऐरी १८ रन आउट भए ।आरिफ शेख र आसिफ शेख समान ५ रन आउट हुँदा रोहित पौडेल ३ तथा कप्तान सन्दीप लामिछाने ४ रनमा आउट भए ।मोहम्मद आदील आलमले ३ रन जोड्दा सुशन भारी सुन्य रन आउट भए । सागर ढकाल १ रनमा अविजित रहे ।