काठमाण्डौ,१६ जेष्ठ
आइतबार बिहान मुस्ताङमा तारा एयरको जहाज दुर्घटनामा परी ज्यान गुमाउने १० जनाको शव काठमाडौं ल्याइएको छ।सोमबार साँझ नेपाली सेनाको हेलिकप्टरमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शव ल्याइएको हो। शवको पोष्टमर्टमको लागि टिचिङ अस्पताल लगिएको विमानस्थल सुरक्षा कार्यालय प्रमुख एसएसपी भीम ढकालले जानकारी दिए।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार २१ जनाको शव फेला परिसकेको छ। तीमध्ये १० जनाको शव कोवाङ, पोखरा हुँदै काठमाडौं ल्याइपु¥याइएको हो।
एक जनाको खोजी भइरहेको छ। यस्तै मृतकहरूको पहिचान हुने अवस्थामा रहेको शर्माले बताए। दुर्घटनापछि आगलागी नभएको हुँदा शवहरू पहिचान गर्न सकिने अवस्थामा रहेको उनले बताए।

अघिल्लो सामग्रीझोलुंगे पुलको फ्रेम नै गाएब,मेयर शम्भु साह द्धारा मर्मत गर्न निर्देशन
यसपछिको सामग्रीकृषि बिकाश बैंकचन्द्रपुर शाखाको एटीएम सेवा सुचारु