काठमाडौं :  चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित परीक्षामा सहभागी भएका ५ नक्कली परीक्षार्थीलाई प्रहरीले सार्वजनिक गरेको छ।चिकित्सा शिक्षा आयोगले शुक्रबार लिएको प्रवेश परीक्षामा केहि विद्यार्थीले अन्य भाडामा परिक्षार्थी राखेर परीक्षा दिन लागेको सूचनाका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो। उनीहरूलाई सीसीआरसी कलेज, एम्बिसन कलेज र ग्रामर स्कुल परीक्षा केन्द्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।पक्राउ पर्नेमा महोत्तरीको साविक सम्सी – ४ घर भएका २२ वर्षीय अमर पण्डित, चक्रघट्टा- ४ सर्लाही घर भएका २२ वर्षीय अनिकेत चौधरी, राजगढ- १ सप्तरी घर भएका २६ वर्षीय राम आशिश यादव, भारतको बिहार घर भएका २४ वर्षीय इस्तियाख अहमद र सम्सी – ५ महोत्तरी घर भएका २३ वर्षीय सन्नीकुमार साह रहेको महाशाखाले जनाएको छ।

‘स्कलरसिपमा एमबीबीएस पढिरहेका तर कमजोर आर्थिक अवस्था भएका जेहेन्दार विद्यार्थीलाई २ लाखदेखि १८ लाखसम्मको प्रलोभन देखाएको देखिन्छ’, महाशाखाका प्रमुख वसन्त कुँवरले भने, ‘५० हजारदेखि २० लाखसम्म अग्रीम भुक्तानसमेत भइसकेको अनुसन्धानले देखाएको छ।’

अघिल्लो सामग्रीपछिल्लो २४ घन्टामा २४ जना संक्रमित, ५१ जना कोरोना संक्रमणमुक्त
यसपछिको सामग्रीकाठमाडौंको मेयरमा भुवन केसीले उम्मेदवारी दिने