चैत १९,रौतहट– कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको समूह विभाजन ड्र सार्वजनिक भएको छ ।कतारको दोहामा शुक्रबार एक कार्यक्रमको बीच विश्वकपको समूह चरणको समूह विभाजन सार्वजनिक गरिएको हो । फिफाले विश्वकपमा सहभागी हुने ३२ राष्ट्रलाई वरीयता क्रममा राखेर ुड्रु गरेको हो ।
कतार विश्वकप आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुनेछ ।
कुन समूहमा कुन राष्ट्र
समूह ए – कतार, नेदरल्याण्ड, सेनेगल, इक्वेडर
समूह बी -इंग्ल्यान्ड, अमेरिका, इरान, वेल्स र युक्रेन र स्कटल्याण्ड
समूह सी -अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया
समूह डी- फ्रान्स, डेनमार्क, ट्युनिसिया, युएई रअष्ट्रेलिया र पेरु
समूह ई – स्पेन, जर्मनी, जापान, कोस्टारिका र न्युजिल्याण्ड
समूह एफ – बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा
समूह जी – ब्राजिल, स्विजरल्याण्ड, सर्बिया, क्यामरुन,
समूह एच – पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना