१४ बैशाख,रौतहट// इंग्लिस क्लब म्यानचेष्टर सिटीले च्याम्पियन्स लिग सेमिफाइनल पहिलो लेगको खेलमा स्पानिस क्लब रियल मड्रिडलाई ४/३ ले पराजित गरेको छ ।
सिटीको घरेलु मैदान एतिहाड स्टेडियममा गोलको वर्षा हुँदा सिटीले दोस्रो लेगमा मड्रिड भ्रमण गर्नुअघि एक गोलको अग्रता कायम गर्न सफल भएको छ ।फर्ममा रहेको करिम बन्जेमाले दुई गोल गरेपनि रियलाई हार टार्न पर्याप्त भएन ।घरेलु मैदानमा खेलको दोस्रो मिनेटमै केभिन डे ब्रुएनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए भने गाब्रीएल जेससले ११औं मिनेटमा अग्रता दोब्बर पारे ।३३औं मिनेटमा बेन्जेमाले गोल गर्दै रियलललाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर ५३औं मिनेटमा फिल फोडेनले गोल गर्द सिटीलाई ३(१ को अग्रता दिलाए । त्यसको दुई मिनेटपछि नै रियलका भिनिसियस जुनियरले गोल गर्दै खेललाई ३(२ को अवस्थामा पुर्याए ।
गोलको श्रृंखला भने अझै रोकिएन । ७४औं मिनेटमा बर्नानर्डो शिल्भाले गोल गरेपछि सिटीले ४/२ को अग्रता बनायो । त्यसपछि ८२औं मिनेटमा रियलले पेनाल्टी पायो र बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ४(३ को अवस्थामा पुर्याए । त्यसपछि थप गोल भएन र सिटी विजयी भयो ।