रौतहट २८ चैत
नेपाली कांग्रेसका युवा नेता चन्द्रपुर ९ का वडा अध्यक्षका बलिया आकांक्षी शंकर सत्यालले जनतासंगको भेटघाट र छलफललाई तिव्रता दिएका छन् । चन्द्रपुर नगरपालिका वडा नं। ९ मा नेपाली कांग्रेसबाट युवा नेता सत्याल वडा अध्यक्ष पदमा उमेदवारी दिने तयारीमा रहेका छन । स्थानीय तहको चुनाव नजिकिए संगै चन्द्रपुर नगर क्षेत्रका घरदेखि टोलका चोक–चोकमा चुनावी बहस हुन थालेको छ ।
युवा नेता सल्याल चन्द्रपुरमा बिकासप्रमी नेताका रुपमा परिचित छन । आफुले पाएको जिम्मेवारी राम्रोसँग निर्वाह गरेर पार्टीको हितमा सदैव कटिबद्ध रहने उनि आफनो क्षेत्रको कार्यकर्ता माझ लोकप्रिय रहेका छन । उनि प्रस्ट वक्ताका रूपमा चिनिन्छन । सत्याल नेपाली कांग्रेस चन्द्रपुर वाडा सभापति हुन । २०५२ सालमा नेपाली कांग्रेसका तरुण दलको वाडा सभापति बाट राजनीति शुरुवात गरेका हुन । चन्द्रपुर ९ का बिभिन्न सामाजिक संघ संस्थामा सक्रिय उनि वडा अध्यक्षको बलियो दावेदार उम्मेदवारको रुपमा रहेका छन । योगदानको कदर गर्दै पार्टीले वडा अध्यक्षको टिकट उनलाई नै दिने सत्यालको विश्वास रहेको छ ।
अहोरात्र जनताको सेवामा खटेको, जनताको सेवामा सधै लागेको कारण मतदाताले उनलाई नै जिताउने सत्यालको दाबी रहेको छ । सत्याल अन्य नेताहरूको तुलनामा लोकप्रिय देखिन्छन् । उनीलाई स्थानीयले हक्की स्वभाव र स्वच्च छविका मान्दछन । चन्द्रपुर ९ को विकाशमा आफ्नो छुट्टै पहिचान बनाएका सत्यालले चन्द्रपुर ९ को विभिन्न ठाउ“मा विभिन्न योजना ल्याएर काम गरेका छन । स्थानीय सरकार भनेको विकास,समृद्धि र सुशासनको अनुभूति प्रदायक संस्था भएकोले वडामा आफ्नो अबश्यक्ता महसुस गरेर उमेद्वारी दाबी गरेको उनले बताए । स्थानिय निवाचनमा सो वडामा अध्यक्षका आकांक्षीहरु मध्य बलियो र धेरै जनमत भएको उम्मेदवारको रुपमा आफू नै रहेका सत्यालको दाबि रहेको छ ।