१८ चैत, कैलाली- १६ महिने बालिकालाई बलात्कार गरेको भन्दैँ कैलालीबाट एक युवक पक्राउ परेका छन् ।कैलालीको टिकापुर नगरपालिकाकी १६ महिने बालिका बलात्कार गरेको अभियोगमा २० वर्षीय युवकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।ती युवकविरुद्ध पीडित बालिकाका परिजनले बिहीबार इलाका प्रहरी कार्यालय टिकापुरमा उजुरी दिएपछि आरोपीलाई हिरासतमा लिएको हो ।बालिकाको स्वास्थ्य परीक्षणका गरिएको छ । पक्राउ परेका निजमाथि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अनौठो संसार १६ महिने बालिका बलात्कृत, युवक पक्राउ