सर्लाही,१८ चैत्र
लुम्बिनी विकास बैंक ले एक बिध्यालाई आर्थिक सहयोग गरेको छ। सर्लाही जिल्लाको लालवनदि स्थित श्री जनता आधारभुत बिध्यालयलाई बैंक ले
आर्थिक सहयोग स्वरुप नगद पचास हजार सहयोग गरेको हो ।
लुम्बिनी बिकास बैक को सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकका मधेश प्रदेश प्रमुख मोहन राज गिरीले विद्यालयका प्रधानाध्यापक शत्रुधन महतो लाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । विद्यालयमा सुबिधा सम्पन्न शौचालय निर्माणमा सहयोग गर्न पाउनु खुसीको कुरा रहेको अध्यक्ष गिरि ले बताए ।
लुम्बिनी विकास बैंकले गरेको सहयोगका लागि आभार प्रकट गर्दै श्री जनता आधारभुत विद्यालयका प्रधानाध्यापक शत्रुधन महतोले यस विद्यालयमा रहेका विद्यार्थीहरुको लागी शौचालय निर्माणमा खर्च गरिने बताए । कार्यक्रममा बैंकका लालबन्दि शाखाका शाखा प्रवन्धक आशिष कुमार भट्टराई, कर्मचारी दयाराम गौतम तथा दिप्ती अधिकारी,लालबन्दि नगरपालिकाका शिक्षा शाखा प्रमुख लक्ष्मी शिवाकोटी, वडा नं ११ का सदस्य उमेश महतो, भुतपुर्व विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष संग्राम सिंह गोले लगायतको उपस्थीति रहेको थियो ।
विद्यालयमा हाल २५३ विद्यार्थी रहेका छन् । उक्त विद्यालय २०३५ सालदेखि सञ्चालन भईरहेको छ । हाल यस बिकास बैंकले ७ वटै प्रदेशमा ७९ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ र यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको वैक ले जानकारी दिएको छ।
आवरण श्री जनता आधारभूत विद्यालयलाई लुम्बिनी बिकास बैंकको सहयोग