सर्लाही : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको कालिञ्जोर पुलमा आइतबार ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। रानीगञ्जस्थित पेट्रोलपम्पमा पेट्रोल भरेर फर्किदै गर्दा ट्रकले ठक्कर दिँदा लालबन्दी नगरपालिका–२, का २५ वर्षीय चन्दु पासवानको मृत्यु भएको हो।पासवानलाई बिहान ९:३० बजेतिर ना २९ प २४३७ नम्बरको मोटरसाइकलमा तेल भरेर फर्किदै गर्दा विपरीत दिशाबाट गइरहेको ना ५ ख ८४८५ नम्बरको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ। ट्रकको ठक्करबाट गम्भीर घाइते भएका पासवानलाई लालबन्दीमा प्राथमिक उपचार गरी थप उपचारका लागि जनकपुर पुर्याउँदा चिकित्कसले मृत घोषणा गरेको लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए।प्रहरीले दुर्घटनामा संलग्न ट्रक र त्यसका चालक नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
प्रदेश खवर लालबन्दीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु