१३ वैशाख, सर्लाही – डिजे रथको ठक्करबाट सर्लाहीमा एक बालिकाको मृत्यु भएको छ ।जिल्लाको बसवरिया गाउँपालिका वडा नम्बर ४ गोनर्वा स्थित सडकमा बिआर ४३ ए१५४६ नम्बरको डिजे रथको ठक्करबाट एक ७ वर्षीया बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।गोडैता नगरपालिका ११ सिसौटिया घर भएकी ७ वर्षीया लक्ष्मीनिया पंडितको दुर्घटनामा परेर सोमबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

अघिल्लो सामग्रीकस्ता उम्मेदवारविरुद्ध दाबी(विरोधको उजुरी दिने) दाबी विरोधको उजुरी दिने दिन आज
यसपछिको सामग्रीकेजीएफ–२ ले पीकेको रेकड तोड्यो