चैत २३, एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा जित निकालेको छ । सिटीले घरेलु मैदानमा स्पेनिस प्रतिद्धन्द्धी एट्लेटिको म्याड्रिडलाई १–० ले पराजित गरेको हो ।
पहिलो लेगमा सिटीको जितमा बेल्जियन मिडफिल्डर केभिन डि ब्रुयनले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ७०औं मिनेटमा फिल फोडेनको पासमा गोल गर्न सफल भएका थिए ।इतिहाद स्टेडियममा मंगलबार राति भएको खेलमा घरेलु टोलीले पाहुना टोलीमाथि बल पोसेसन राख्दै दवाव बढाएपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । एट्लेटिको म्याड्रिडको रक्षापङ्ति र गोलरक्षकले सिटीको आक्रमणलाई लगातार निस्तेज पारेपनि ७०औं मिनेटमा रोक्न सकेन ।यो जितसँगै सिटीले च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने सम्भावना जीवित राखेको छ । अब दोस्रो लेगमा यही नतिजा कायम राख्न सके सिटी सेमिफाइनलमा प्रवेश गर्नेछ । पहिलो लेगमा हार भोगेपनि एट्लेटिको म्याड्रिडको पनि सेमिफाइनल पुग्ने सम्भावना रहेको छ ।एट्लेटिको म्याड्रिडलाई सेमिफाइनल पुग्न दोस्रो लेगमा कम्तीमा पनि २–० को जितको खाँचो छ । दोस्रो लेग एट्लेटिकोको मैदानमा १३ अप्रिलमा हुनेछ ।

अघिल्लो सामग्रीमोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
यसपछिको सामग्रीच्याम्पियन्स लिगमा चेल्सी र रियल म्याड्रिड भिड्दै