चैत २३,नवलपरासी -लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरले नागरिकता बिहीनलाई नागरिकता दिन सरकारलाई आग्रह गरेका छन् । नवलपरासीमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले सरकार अध्यादेश मार्फत भएपनि नागरिकता बिहीनलाई नागरिकता दिने व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।
उनले युवाहरुको हातमा एकेडमी सर्टिफिकेट, शिप भएपनि नागरिकता नभएकाले अधिकांश मधेश क्षेत्रका युवाहरु बेरोजगार भएकाले नागरिकहरुको अस्तित्व बचाउनका लागि तत्काल नागरिकता दिन आग्रह गरे । सत्तापक्षले मधेश स्वीकार्छ तर मधेशी किन स्वीकार्दैन भन्ने प्रश्न गर्दै अझैपनि शासक वर्गहरु मधेशी प्रति भेदभाव गर्दै आएको जिकिर गरे

नागरिकता विधेयक संसदमा विचाराधीन रहेको भन्दै उनले विगतदेखिका सरकारले नागरिकता नदिने षडयन्त्र गर्दै आएको आरोप लगाए । उनले पहाडी क्षेत्रमा बसोबास गर्ने व्यक्तिको प्रति व्यक्ति आय ९ हजार र मधेश क्षेत्रको प्रति व्यक्ति आय ७ हुनुको कारण नागरिकता नै रहेको बताए ।देशमा आन्दोलनबाट परिवर्तन आएको भन्दै ठाकुरले शान्तिपुर्ण आन्दोलनमा पनि सत्तापक्षद्वारा दमन र हिंसा गर्ने कार्य हुँदै आएको बताए । उनले मधेश आन्दोलनमा लागेका मुद्दा सरकारले फिर्ता नलिएकाले आफनो आन्दोलन अझैपनि जारी रहेको बताए ।सभामा पार्टीका बरिष्ठ नेता राजेन्द्र महतो, पार्टीका कार्यकारिणी सदस्य अनिल कुमार झा, नेता सर्वेन्द्रनाथ सुक्ला, केन्द्रीय सदस्य हैदरअलि मोमिन, पुरन चौधरी लगायतले सम्बोधन गरेका थिए ।

   
अघिल्लो सामग्रीरूसद्वारा आफूलाई सहयोग नगर्ने मुलुकका नागरिकलाई भिसा नदिने
यसपछिको सामग्रीमधेसी सच्चा राष्ट्रवादी हुन् : गृहमन्त्री